२ चैत्र २०७७, सोमबार
  • आशिष केसी

सल्यान, २ चैत । सल्यान उद्योग वाणिज्य संघकाे अध्यक्षमा कुमार बुढाथोकी निर्वाचित भएका छन् । आइतबार बेलुका सकिएको मतगणनाको परिणामअनुसार प्रतिस्पर्धी राजेन्द्रकुमार थापाकाे भन्दा ९९ मत बढी प्राप्त गरी बुढाथोकी संघको अध्यक्षमा विजयी भएका हुन् । बुढाथोकीले १ हजार २७ मत प्राप्त गरेका थिए भने भने थापाले ९२८ मत प्राप्त गरेका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रकुमार श्रेष्ठले १ हजार ४७ मत, वाणिज्य उपाध्यक्षमा भरतकुमार बस्नेतले सबै भन्दा बढी १ हजार ११२ मत, उद्योग उपाध्यक्षमा प्रेमबहादुर पुनले ९५३ मत, प्रगतिशील प्यानलबाट महासचिवमा मोहन सारुले ९६७ मत, सचिवमा सुरेशकुमार केसीले ९८० मत र कोषाध्यक्षमा सुरेन्द्र बुढाले १ हजार २ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै, सदस्यहरुमध्य एकजना बाहेक अरु सबै संयुक्त प्यानलबाट निर्वाचित भएका छन् । एकजना निरज सिंह भने प्रगतिशील प्यानलबाट निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV