१ चैत्र २०७७, आईतवार

सिरहा, १ चैत । सिरहाकाे लहानस्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएकाे छ । बम कार्यालय भवनभित्रै विस्फाेट भएकाे हाे ।

आइतबार भएको सो विस्फाेटमा परी कम्तीमा  ५ जना घाइते भएकाे जानकारी प्राप्त भएकाे छ । विस्फाेट कसले र के प्रयाेजनका लागि गराएकाे हाे भन्ने खुल्न सकेकाे छैन । घटनास्थलमा विस्फाेट भएर प्रेसर कुकर कुच्चिएकाे अवस्थामा फेला परेकाे छ ।

थप विवरण आउन बाँकी छ…

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV