२८ फाल्गुन २०७७, शुक्रबार
  • सुरेश भट्ट,

कञ्चनपुर, २८ फागुन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ५ की १९ वर्षीया सुत्केरी महिलाको शल्यक्रिया पश्चात मृत्यु भएपछि मृतकका आफन्त आन्दोलनमा उत्रिका छन् ।

बुधबार राति प्रसुति बेथा लागेपछि अस्पताल पुर्याइएकी ज्योति सुनारको उपचारको क्रममा मृत्यु भएपछि आफन्त आन्दोेलनमा उत्रिएका हुन् । महिलाको उपचारमा डाक्टरले लापरवाही गरेको भन्दै न्याय माग्न मृतकका आफन्तहरुले महाकाली अस्पतालको गेटमा धर्ना समेत दिएका थिए ।

अस्पताल ल्याउँदा सुत्केरी बेथा मात्र रहेको र डाक्टरले अपरेशन गर्दा गडबडी गरेकोले मृत्यु भएको हुन सक्ने आफन्तको भनाइ छ ।

सुत्केरी महिलाको उच्च रक्तचाप रहेको र मृगीको कारण कलेजो र किड्नीमा असर पारेकाले मृत्यु भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णादत्त जाशीको भनाइ छ ।

मृतक सुनारको शव बिहीवारदेखि महाकाली अस्पतालमै रहेको छ भने आफन्तले बालकको पालनपोषण र क्षतिपूर्तिको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV