अब विराटनगरमा सञ्चालित अटो-रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न सकिने
२८ फाल्गुन २०७७, शुक्रबार
विराटनगर, २८ फागुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल रुट भएर सञ्चालित अटो-रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको छ ।
जसको लागि शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् । एनसीसी बैँकले अटो चालकलाई क्यूआर कोड उपलब्ध गराएपछि केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्यूआर कोडमार्फत् भुक्तानी हुनेछ ।
गभर्नर अधिकारीले नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रहसमेत गरेका छन् । उनले प्रविधि र आधुनिक टेक्नोलोजीसँग जोडिएको आजको समाजलाई नगदरहित समाज बनाउन भूमिका खेल्ने बताए ।
उनले भ्रष्टाचारको जड नै नगद भएकाले यसलाई सबैले स्वीकार्नु पर्ने धारणा राखे । उनले चालकहरुलाई आम्दानी खर्चको बिबरण पूर्ण रुपले बैंकमा रहने भएकाले कारोबारमा गर्न आग्रह गरे ।
७० जना चालकहरुलाई क्यूआर कोड बितरण गरिएको थियो भने आगामी दिनमा यसलाई बढाउदै लैजाने सो बैंकले जनाएको छ ।