२१ फाल्गुन २०७७, शुक्रबार

कैलाली, २१ फागुन । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीचको तीन बुँदे सहमति सार्वजनिकसँगै आज सो पार्टीका नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारवाट रिहा हुनु भएको छ ।

सो पार्टीको पूर्वसेती महाकाली ब्यूरो इन्चार्जसमेत पुन गत साउनमा पक्राउ पर्नुभएको थियो । कारागारबाट रिहापछि उहाँले आफूहरुको राजनीतिक कार्यसूचि परिवर्तन नहुने र अब नेपालमा नयाँ राजनीतिक कोर्ष अगाडि बढ्ने प्रतिक्रिया दिनुभयो ।

नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाइएको थियो । – रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV