२१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं, २१ फागुन । लोकप्रिय गायक सन्दीप न्यौपानेले लालुमैको सफलतासँगै नयाँ गीत ‘सान्बाबु’को सार्वजनिक गरेका छन् । जसमा सन्दीपसँग लोकप्रिय गायिका सम्झना भण्डारीको स्वर रहेको छ ।

संगीत संयोजन लोकप्रिय संगीतकार सुदीप सागरको रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा टिकटकबाट चर्चामा आएका सुन्दरी दिदी बहिनीद्वय स्मारिका र समारिका ढकालसँग गायक सन्दीपको गज्जबको छमछमी देख्न सकिन्छ ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् । शिव हमालको च्यानलबाट बजारमा आएको यस गीतको भिडियो रिलिजसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताए ।

सन्दीपका यसअघि लालुमै, ओक्कल दोक्कल, काली भन्न मिलेन,लगायतका गीतका भिडियोहरुले ब्यापक चर्चा पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV