२१ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं, २१ फागुन । युवा गायक आयुष खतिवडाको दोस्रो अफिसिएल म्युजिक भिडियो ‘निर्दोष माया’ रिलिज भएको छ ।रक भर्सनको यस गीतमा विकल खतिवडाको शब्द रहेको छ ।

गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन रहेको छ । किशोरावस्थाको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवाल फिचर्ड छन् ।

ज्याज प्रोडक्शनले निर्माण गरेको यस भिडियोमा श्रीजन प्रजापतिको छायांकन रहेको छ । भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन् ।

पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो । गायक खतिवडाको आधिकारिक च्यानल ‘आयुष खतिवडा’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

रक संगीतमा रुचि राख्ने १४ वर्षीय गायक खतिवडा झापामा ९ कक्षामा अध्यनरत छन् । उनले ट्रीनिटी कलेज अफ लन्डनबाट गितार र किवोर्डमा राम्रो अंकका साथ पास गरेका छन् ।

यसअघि उनले ‘आजै हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV