बारागढी गाउपालिकामा २ महिलासहित ४० जनाले गरे रगतदान
२१ फाल्गुन २०७७, शुक्रबार
बारागढी (बारा), २१ फागुन । बारागढी गाउँपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बारागढी उपशाखा र बारागढी युवा क्लब खोपवाको आयोजनामा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
‘रक्तदान जीवन दान, तपाईको एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ’ भन्ने नारासहित बारागढी गाउँपालिका कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा २ जना महिलासहित ४० जनाले रगत दान गरेका छन् ।
रक्तदान गर्नेहरुमा अमोद चौधरी, पन्नालाल राम, उपेन्द्र साह, राजकिशोर चौधरी लगायत रहेका छन् ।
वीरगन्जस्थित रक्त सञ्चार केन्द्रका प्राविधिकहरुको सहयोगमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बारागढी उपशाखाका सभापति माधव प्रसाद उपाध्याय गौतम, डा.आमोदमणि दिक्षित, सुशिलराज गौतम, बारागढी युवा क्लब खोपवाका अध्यक्ष उपेन्द्र चौधरी, मुकेश चौधरी, बारागढी गाउँपालिका अध्यक्ष देवदत्त बछार थारु, उपाध्यक्ष लक्ष्मीदेवी राय, प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, वडाध्यक्ष मनेजर चौधरीलगायतको उपस्थिति रहेको थियो ।