२१ फाल्गुन २०७७, शुक्रबार
  • तारा आचार्य

विराटनगर, २१ फागुन । झापा विद्रोहका शहिदहरुको सम्झनामा सुखानीमा नेकपाको दुई समुहले भिन्ना भिन्नै श्रद्धान्जली सभा राखेका छन् । प्रत्येक बर्ष फागुन २१ गते सुखानी शहादतस्थलमा सहिदहरुको सम्झनामा नेपाल कम्युनिष्ट पार्टीले विभिन्न कार्यक्रम गर्दै आएका छन् । झापा जिल्लाको अर्जुनधारा नगरपालिका- ३ मा पर्ने सुखानी पार्कमा विभाजित नेकपाले आजकै दिन एकै स्थानमा तर अलग-अलग समयमा कार्यक्रम गर्दै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समुहले बिहान ८ बजे कार्यक्रम गरिसकेकाे छ भने र दाहाल-नेपाल समुहले दिउँसो १२ बजे पछि कार्यक्रम गर्ने अायाेजनाा गर्न लागेका हुन् । ओली समुहका नेकपा झापा जिल्ला कमिटीले विहान सुखानीमा पुगेर शहिदहको सम्झनामा श्रद्धाञ्जलीसभा गरेका छन् । दिउँसो सालवाडी मा प्रदेश प्रमुखको उपस्थितिमा श्रद्धान्जली सभा साथै डा. नारद भारद्धज र सोमनाथ दाहालद्वारा लेखिएको ‘झापा विद्रोहका एक कमाण्डर’ पुस्तक विमोचन कार्यक्रम रहेको अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो । उहाँले आज प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम विशेष कारणवश स्थगित भएको जानकारी दिनुभयो । हरेक वर्ष नेकपाले सुखानीमा श्रद्धाञ्जली कार्यक्रमसँगै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

अन्य वर्षहरुमा प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सँगै कार्यक्रममा सहभागी हुने गरेका थिए । तर पार्टीभित्रको विवादका कारण यसपालि अलग-अलग कार्यक्रमको आयोजना गरिएको छ ।

सुखानी शहिद पार्क सालवाडीमा १२ बजेदेखि राखिएको श्रद्धान्जली सभामा प्रदेश १ का प्रमुख सोमनथ अधिकारी प्यासी र बागमती प्रदेशका प्रमुख विष्णु प्रसाई सहितका पार्टीका केन्द्रिय स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमम रहेको छ । नेत्रविक्रम चन्द विप्लव समूहसँगको वार्तापछि एउटै मञ्चमा कार्यक्रम गर्ने भएपछि प्रधानमन्त्री ओलीले झापाको कार्यक्रममा नआउने बताइएको छ ।

दिउँसो १२ बजेदेखि दाहाल-नेपाल समुहले सुखानीमा छुट्टै श्रद्धान्जली सभाको आयोजना गरेको छ । नेकपा विभाजनपछि छुट्टा-छटुटै कार्यक्रममको आयोजना गरिएको यो पहिलोपटक हो । सुखानीमा तत्कालीन पञ्चायती शासकहरुले रामनाथ दाहाल, कृष्ण कुइँंकेल, वीरेन राजवंशी, नेत्र घिमिरे र नारायण श्रेष्ठको हत्या गरेका थिए । प्रत्येक वर्ष शहिदहरुको सम्झनामा शुखानीमा श्रद्धान्जली सभा साथै विभिन्न कार्यक्रमहरु गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV