२१ फाल्गुन २०७७, शुक्रबार

एजेन्सी, २१ फागुन । एथलेटिको बिल्वाओ कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो लिगमा लेभान्टेलाई २–१ को तथा समग्रमा ३–२ को जित निकाल्दै बिल्वाओले फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो ।

बिल्वाओलाई जित दिलाउनको लागि राहुल गार्सिया र एलेक्स बेरेनगुएरले गोल गरे । लेभान्टेका रोजरको गोल सान्त्वना बन्यो ।

खेलको १७ औं मिनेटमा रोजरको गोलबाट लेभान्टेले अग्रता लिएको थियो । उनले रुवेन रोचिन्हाको पासमा गोल गरेका थिए ।

३०औं मिनेटमा राहुल गार्सियाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
इनाकी विलियम्सलाई पेनाल्टी बक्समा ओस्कार डुआर्टेले लडाएपछि रेफ्रीले भिएआरको सहायताले पेनाल्टी दिएको थियो ।

त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसकेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । ११२औं मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्वाओलाई २–१ को जित दिलाए ।

अब बिल्वाओले उपाधिका लागि बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले बुधबार राति सेभियालाई ३–२ ले हराउदै फाइनलमा स्थान बनाएको थियो । फाइनल १७ अप्रिलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV