२० फाल्गुन २०७७, बिहीबार

काठमाडौं, २० फागुन । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकार प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

विहीबार सरकार र विप्लव समूहबीच भएको समझदारीमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख भए अनुसार नै मन्त्रिपरिषद्को बैठकले फुकुवा गर्ने निर्णय गरेको उनले बताए ।

सबै जानकारीसहित शुक्रबार दिउँसो दुई बजे राष्ट्रिय सभागृहबाट सहमति सार्वजनिक गरिने उनले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकले नेकपासँग गरिएको सहमतिअनुसार शुक्रवारदेखि नै काम थाल्ने निर्णय पनि गरेको उनले बताए । उनले शन्तिपूर्ण देश बनाउनका लागि मुलुकलाई सफलता मिलेको बताए ।

बैठकले दुवै पक्षका वार्ता टोलीलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV