२० फाल्गुन २०७७, बिहीबार

काठमाडौं, २० फागुन । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधीन लाप्राक नमूना बस्तीको निरीक्षण भ्रमण गरेको छ । उक्त भ्रमण टोलीमा २० जनाको सहभागिता रहेको थियो ।

वडा अध्यक्ष राज गुरुङ्गले निर्माणाधीन बस्ती अब छिट्टै सम्पन्न हुनेमा लाभग्राहीहरु विश्वस्त भएका र सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

परियोजनाका सहसंयोजक श्याम तामाङ्गले बस्ती निर्माण सम्बन्धी भएका प्रगतिहरु बारे जानकारी गराउंदै बाँकी काम एक महिनाभित्र सहजै सम्पन्न गर्न सकिने विश्वास ब्यक्त गरे ।

संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले लाभग्राहीहरुकै अनुरोधमा संघले ‘आफ्नो घर आफैं बनाऔं’ अभियान अन्तर्गत लाभग्राहीहरुलाई थप आयआर्जनको अवसर प्रदान गर्न सहमतिको दररेटमा कामको जिम्मा दिइएको भएता पनि काम सम्पन्न हुन ढिलाई भएको औंल्याए ।

उनले समयमै काम सम्पन्न गर्न पुनः बाहिरबाट कामदारहरु लानुपर्ने अवस्था आएकोमा दुःख प्रकट गरे । संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुको सहयोगमा निर्माण भइरहेको नमूना बस्तीको काम अन्तिम चरणमा पुगेकोमा निर्माण कार्यमा संलग्न हुने र सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिए ।

पूर्व अध्यक्ष जीवा लामिछानेले बस्तीको निर्माण कार्यमा केही ढिलाई हुन गएता पनि अब लगभग सकिएकाले आफ्नो घर तथा आगनको सजिसजावट र निर्माण कार्यमा सहभागी हुने उपयुक्त अवसर भएकोले लाभग्राहीहरुलाई यस अवसरको उपयोग गर्न सुझाव दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले बिभिन्न कठिनाइका बावजुत पनि यस्तो सुन्दर बस्ती निर्माण गरिदिएकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद व्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्फबाट पूर्वधार बिकासको लागि प्रति लाभग्राही प्राप्त हुने रु ४ लाख अनुदान दिन प्राधिकरण कटिवद्ध रहेको बताए ।

जसमध्ये मध्य रुं एक करोड पैंसित लाखको लागतमा बस्तीको दक्षिण तर्फको रिटेनिङ्ग वाल र नाला निर्माण गरिसकेको अवगत गराए । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ती निर्माण भएकोले यसप्रति संधै संघको लगाव रहने र भविष्यमा पनि यस बस्तीमा गैरआवासीय नेपालीहरुको आगमन निरन्तर रहेने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV