२० फाल्गुन २०७७, बिहीबार

काठमाडौं, २० फागुन । गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत ‘फूल राम्रो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार कृष्ण केसीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको ‘फूल राम्रो’ गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ ।

अनिल केसीको प्रस्तुति रहेको ‘फूल राम्रो’ गीतको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको ‘आफ्नो मान’ युट्युव च्यानलले निर्माण गरेको हो ।

भिडियोलाई सार्वजनिक भएको केही समयमै दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV