२० फाल्गुन २०७७, बिहीबार

काठमाडौं, २० फागुन । अभिनेत्री स्वस्तिमा खड्कालाई च्यूगम ब्राण्ड सेन्टर फ्रुटले आफ्नो ब्राण्ड एम्बेसेडरमा नियुक्त गरेको छ । अब अभिनेत्री स्वस्तिमालाई सेन्टर फ्रुट च्यूगमको नयाँ नारा मुड टिङ टङमार्फत् मूडलाई जगाउने ब्राण्डको उद्देश्यका साथ नयाँ प्रचार अभियानमा देख्न सकिने भएको छ ।

अभिनेत्री स्वस्तिमाले सेन्टर फ्रुट च्यूगम ब्राण्डसँग आबद्ध हुन पाएकोमा गर्व महशुस भएका बताएकी छन् । सेन्टर फ्रुटको नयाँ विज्ञापनले जीवनमा आइपर्ने दृश्यको एक हिस्सालाई प्रस्तुत गरेको छ ।

नयाँ प्रचार अभियान र साझेदारीका अवसरमामन्तव्य राख्दै कन्ट्री म्यानेजर मयन्क पाण्डेले भने, “हामी सेन्टर फ्रुटको साथमा स्वस्तिमा खड्कालाई पाउँदा र पर्फेट्टी भान मेल्ले परिवारको एक हिस्सा बन्न पाएकोमा अत्यन्त हर्षित एवं उत्साहित भएका छौं ।

उहाँको हँसिलो स्वभाव र जीवन्त जोश नै ब्राण्डको व्यक्तित्वको प्रतिबिम्ब हो । हामी विश्वस्त छौं, यो साझेदारीले हाम्रा श्रोता, दर्शकसँग सेन्टर फ्रुटको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्नेछ ।”

साझेदारीप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै अभिनेत्री स्वस्तिमा खड्काले भनिन्, “गएको केही महिनामा मैले सिकेको कुरा यही हो कि अवस्था जे–जस्तो भएतापनि जीवनमा प्रफुल्लित र हर्षित रहनु कत्तिको महत्वपूर्ण हुँदो रहेछ । मैले यो ब्राण्डसँग आबद्ध हुन पाएकोमा गर्व महसुस गरेकी छु । र, यसले हाम्रो जीवनमा धेरै अर्थ राख्दछ ।”

प्रतिक्रिया दिनुहोस्
LIVE TV