२० फाल्गुन २०७७, बिहीबार

काठमाडौ, २० फागुन । बलिउड अभिनेत्री परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को अफिसियल टिजर रिलिज गरिएको छ । विहीबार मात्रै रिलिज गरिएको ‘साइना’को टिजरमा अभिनेत्री परिणीति चोपडालाई पूरै साइना नेहवालको लुकमा प्रस्तुत गरिएको छ ।

यो ब्याटमिन्टन च्याम्पियन साइना नेहवालको बायोपिक फिल्म हो । सार्वजनिक ‘साइना’को टिजरमा महत्वपूर्ण पक्षहरुलाई दर्शकमाझ पेश गरिएको छ । ‘साइना’को टिजर एक दमदार डाइलगबाट सुरु गरिएको छ । जुन डाइलगलाई दर्शकहरुले खुब मन पराइरहेका छन् ।

यो फिल्म २६ मार्चबाट दर्शमाझ रिलिजमा आउदैछ । फिल्मलाई अमोल गुप्तेले एक्शन–कट गरेका हुन् । अभिनेत्री परिणीतिको यस फिल्मलाई टि–सिरिजको ब्यानरमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV