२० फाल्गुन २०७७, बिहीबार

काठमाडौं, २० फागुन । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ को अविस्वास प्रस्ताव सरेकै समयमा प्रदेश १ का भौतिक पूर्वाधार बिकास मन्त्री अम्बिरबाबु गुरुङले मुख्यमन्त्री शेरधन राई दम्पतीलाई हेलिकोप्टर चार्टर गरेर ओखलढुंगा जिल्लाको रुम्जाटार घुमाएका छन् ।

बिहीबार मुख्यमन्त्री शेरधन राईकी श्रीमती जाङ्मु शेर्पाले सामाजिक सञ्जालमामार्फत् मन्त्री गुरुङले न्यानो स्वागत, सत्कारका साथ सुन्दर ठाउँ ओखलढुंगाको रुम्जाटार घुमाएको धन्यवाद दिएकी छन । उनले आफ्नो फेसबुकमा मन्त्री गुरुङको श्रीमती र छोरीका साथमा आफूहरुको फोटो खिचाएर सार्वजनिक गरेकी छन् ।

May be an image of 2 people, people standing and outdoors

उनले भनेकी छन्, ‘ओखलढुंगाको अति नै सुन्दर ठाउँ रुम्जाटार मेरो श्रीमान माननीय शेरधन राई र भौतिक पूर्वाधार बिकास राज्यमन्त्री अम्बिरबाबु गुरुङका साथ जाने बस्ने र घुम्ने सिलसिलामा गर्नुभएको न्यानो स्वागत, सत्कार र आतिथ्यताका लागी हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।’

May be an image of 4 people, people standing and outdoors

उपप्रधानमन्त्री ईश्वर पोखरेलका खास मान्छे भनेर चिनिने मन्त्री गुरुङले यसअघि पनि थुप्रै पटक हेलिकोप्टर चार्टर गरेर नै मुख्यमन्त्री राईलाई ओखलढुंगा घुमाउदै आएका छन् ।

को हुन्, अम्बिरबाबु गुरुङ ?
०७४ ओखलढुंगाको प्रदेश ‘क’ मा वाम गठबन्धनका उम्मेदवार बनेर विजयी भएका हुन् उनी । एमाले नेता गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाएका थिए ।

May be an image of 5 people and people standing

जनतासामू एक नामले चिनिए पनि उनको परिचय विविध रहेका छन् । लामो समय विदेश बसेर आएका उनी धनाढ्य पनि हुन् । चक्रपथ सडकखण्डके धुम्बाराहीस्थित रिजेन्सी टावर पनि उनकै हो । यसरी उनलाई ‘पैसावाल मन्त्री’ का रुपमा पनि उनलाई कार्यकर्ताले चिन्ने गर्नेको बताइन्छ ।

May be an image of 5 people and people standing

प्रतिक्रिया दिनुहोस्

LIVE TV