२० फाल्गुन २०७७, बिहीबार

काठमाडाैं, २० फागुन । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच तीन बुँदे सहमित भएको छ ।

बिहीबार सरकार र विप्लवबीच सहमति पत्रमा हस्तारक्षर गरि सहमति गरेको हो । बालुवाटारमा भएको वार्तामा दुई पक्षबीच २१ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र सम्मेलनमा ‘विप्लव’ले सम्बोधन गर्ने गरी सहमति भएको छ ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV