१९ फाल्गुन २०७७, बुधबार
  • अभिमन्यू लामिछाने,

उदयपुर, १९ फागुन । वन्यजन्तु संरक्षण सचेतना कार्यक्रमको आयोजना गरी कटारीमा विश्व वन्यजन्तु दिवस मनाइएको छ । प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारी र डिभिजन वन कार्यालय त्रिवेणी उदयपुरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

वन्यजन्तु संरक्षणमा केन्द्रित रहेर आज कटारी बजारमा ¥यालीसहित अन्तक्रिया कार्यक्रम गरिएको प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थी बिशाल भण्डारीले बताए ।

कार्यक्रममा वन्यजन्तु संरक्षणसँग सम्बन्धित विभिन्न नारासहितको प्ले कार्ड लिएर कटारी बजार परिक्रमा गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा डिभिजन वन कार्यालय त्रिवेणीका प्रमुख फडिन्द्र पोखरेलले बढ्दो वन्यजन्तु व्यापार रोक्न, संकटमा परेका ठूला बिराला (बाघ, हिउँ चितुवा, चितुवा)लगायत वन्यजन्तु संरक्षण गरि पर्यवरणीय सन्तुलन कायम गर्न सवै पक्ष लाग्नु पर्ने बताए ।

चोरी सिकार र अवैध व्यापार वन्यजन्तु संरक्षणमा चुनौती रहेको र विकाससँगै हुने वन्यजन्तुको बासस्थान विनासले पनि वन्यजन्तु संकटमा पर्दै गएको पोखरेलको भनाइ थियो ।

कार्यक्रममा प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीका विद्यार्थीलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV