१९ फाल्गुन २०७७, बुधबार

दाङ, १९ फागुन । दाङमा ११ वर्षीया बालिकालाई १३ वर्षीयले ब’लात्कार गरेका छन् । बबई गाउँपालिकामा बेलुकी ६ बजेतिर बालिका ब’लात्कृत भएकी बताइएको छ ।प्रहरीका अनुसार बबई गाउँपालिकाको ट्वाङखोलाको जङ्गल हुँदै नजिकैको गाउँमा जाँदै गर्दा बालिका ब’लात्कृत भएकी हुन् । ब’लात्कारको अभियोगमा १२ र १३ वर्षका किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरु माछा मारेर फर्कदै गर्दा बालिकालाई जङ्गलको बाटोमा एक्लै भेटेपछि ब’लात्कार गरेको बताइएको छ ।

१३ वर्षको किशोरले बलात्कार गरेको र १२ वर्षको किशोरले बालिकालाई समातेको जनाइएको छ । हाल बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV