१९ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १९ फागुन । आज साताको चौथो दिन पनि नेप्से परिसूचक ओरोलो लागेको छ । नेप्से आज ३९ दशमलव २३ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय १६ विन्दुमा झरेको हो ।आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने वृद्धि भएको छ । आज २ सय १२ कम्पनीको ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको कारोबार भएको छ । दूरसञ्चार कम्पनीको २९ करोड ९७ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयरमूल्य ८ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । एशियन लाइफ इन्स्योरेन्स र बरुण हाइड्रोपावर कम्पनीको भने शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV