१९ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १९ फागुन । अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समय चलचित्रमा अभिनय गर्न व्यस्त छिन् ।उनको अभिनयमा बन्दै गरेको चलचित्र ‘डिसेम्बर फल्स’को ७० प्रतिशत छायांकन पोखरामा सम्पन्न भएको बतााइएको छ । उनलाई चलचित्र ‘सत्यम् र मिरर’का लागि पनि समय दिनुपर्नेछ । यो अनुसार उनलाई चलचित्रमा अभिनय गर्न भ्याइ – नभ्याइ भएको बुझ्न सकिन्छ ।

चलचित्र सत्यम् र मिरर’को समय तालिका जुध्यो भने उपासनालाई काम गर्न गह्रो हुने देखिन्छ । उनलाई दुबै चलचित्रको कथा मन परेको उनी बताउँछिन्

अभिनेता अनमोल केसीसँग चलचित्र ‘क्याप्टेन’बाट डब्यु गरेकी उपासना चलचित्र जगतमा चम्किएकी छन् ।

उनले ‘कबड्डी ३’ जस्तो हिट सिरिजमा काम गरिन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV