१९ फाल्गुन २०७७, बुधबार
  • नवीन लामिछाने/गम्भीरजंग विक,

मनाङ, १९ फागुन । हिमाल पारिको जिल्ला भनेर चिनिने मनाङमा पहिलो पटक ३३ के.भिको केन्द्रीय प्रशारण लाइन पुगेको छ । मनाङको मौसम र वातावरण अनुकुल नभएपछि केन्द्रीय प्रशारण लाईनमा बिद्युत्तीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो ।

यस पटक भने फाइबर इन्सुलेटरबाट बिद्युत्त चार्ज गरिएसँगै मनाङमा पहिलो पटक केन्द्रीय प्रशारण लाईन जोडिएको हो । नेपाल विद्युत्त प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीका अनुसार जिल्लामा केन्द्रीय प्रसारण जडान गर्न निकै कठिनाइ भएको थियो ।

सीमित जनशक्ति भौगोलिक बिकटता, अत्याधिक चिसो जस्ता प्रतिकुल समस्यका बाबजुद पटक पटकको प्रयासपछि भारतबाट फाइवर इन्सुलेटर झिकाएर जडान गरेपछि सफल भएको केन्द्रका प्रमुख सुबेदीले बताउनु भयो ।

बिक्रम सम्बत २०५१ सालदेखि मनाङ जिल्लालाइ केन्द्रीय प्रसारण लाइनमा जोड्न खोजिए पनि राजनीतिक उतारचढाव, भौगोलिक बिकटता आवश्यक सामग्रीको अभावका कारण अधुरो रहेको थियो ।

साबिकको लघु जलबिद्युतको भोल्टेज कम हुने कारण समस्यामा परेका अस्पताल, सामुदायिक विद्यालय, सरकारी कार्यालय मात्र नभइ उद्योगी व्यापारी समेत यो प्रसारण लाइन आएसँगै लाभान्वित हुने भएका छन् ।

अझ स्वास्थ्यको सामान्य भिडियो एक्सरेलाई समेत लाईनको भोल्टेज नपुगेको र अब सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न यो प्रशारण लाईन फलदायी हुने जिल्ला अस्पतालको भनाइ छ ।

यस्तै पर्यटन व्यवसायीले विद्युत आपूर्तिका कारण पर्यटकका सामान्य आवश्यकता समेत पूरा गर्न कठिन भएको अवस्थामा यस प्रसारण लाइन जोडिएसंगै अवका दिनमा सबै समस्याको समधान हुने विश्वास व्यक्त गरेका छन् ।

अहिले नेपाल विद्युत्त प्राधिकरण मनाङ वितरण केन्द्रले सदरमुकाम चामेमा धमाधम मिटर वितरणसँगै मिटर जडानको काम थालेको छ ।सरकारी कार्यलय,अस्पताल बिद्यालय र गाउँपालिकाका कार्यलय लगायत औधोगिक क्षेत्रमा यसको पहुँच पुगिसकेको बितरण केन्द्रले जनाएको छ ।

हाल यस केन्द्रले जिल्ला सदरमुकामसम्म प्रसारण लाइन जडन गरिसकेको छ भने माथिल्लो मनाङ, खाङसार, तिलिचो बेसक्याम्प, र थारोङ्ला हाइक्याम्पसम्म पोलिङको काम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV