१९ फाल्गुन २०७७, बुधबार
  • अनवर अहमद,

सर्लाही, १९ फागुन । सर्लाहीको सदरमुकाम मलंगवामा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । बुधबार (आज) विहान एक कार्यक्रमको आयोजना गरी उक्त बीओपीको शसस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमले उद्घाटन गरेका छन् ।

यहाँ बीओपी स्थापनासँगै मलंगवा नगरपालिकाका १, २, ३, ४, ८, ९, १०, ११, १२ र कविलासी नगरपालिकाको वडा न ९ र १० मा शान्ति सुरक्षा कायम गर्न सहज हुने विश्वास लिइएको छ ।

यस बीओपीमार्फत् मझौला सीमा स्तम्भ नं. ३२४ र ८ देखि ठूलो सीमा स्तम्भ नं. ३२७ सम्म करीब ४.५ किलोमिटर सीमा इलाकाको सुरक्षा गर्ने बताइएको छ ।

बीओपी उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, शसस्त्र प्रहरी १० नम्बर गणका गणपति गंगाराम श्रेष्ठ, मलंगवा नगरपालिका प्रमुख निरसल साह, उपप्रमुख शान्ति सवनम मिकानी, सर्लाही प्रहरी प्रमुख सन्तोष सिंह राठौर, सेना प्रमुख, अनुसन्धान प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी, पत्रकार, विभिन्न दर्जाका सशस्त्र प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV