१९ फाल्गुन २०७७, बुधबार

एजेन्सी, १९ फागुन । युद्धका कारण ध्वस्त भएको यमनको एक विद्यालयमा ९ वर्षीय दृष्टिविहीन बालक शिक्षक बनेका छन् ।

युद्धका कारण ध्वस्त यमनको एउटा विद्यालयमा दैनिक सयौँ विद्यार्थी अध्ययन गर्न आइपुग्ने गरेको जनाइएको छ। जारी युद्धका कारण त्यहाँका विद्यालयका शिक्षकले तलब पनि नपाउने गरेको बीबीसीमा खबर छ ।

सरकार र हुथी विद्रोहीबीच नजिकै युद्ध भइरहँदा नौ वर्षीय अहमद शिक्षक नआएका बेला कक्षा लिन्छन्।

विद्यालयका शिक्षकहरूले तलब नपाए पनि कक्षा भने सञ्चालन भइरहेको छ । जन्मजात दृष्टिविहीन अहमदले शिक्षक नआएको समयमा कक्षा लिइरहेका छन् । विद्यालयमा ढोका झ्याल, बत्ती केही पनि नभएको कारण अहमद ति कुराहरु होस् भन्ने चाहाना राख्छन् ।

विद्यालय पूरै ध्वस्त देखिन्छ । विद्यार्थीहरु भूइमा बसेर अध्ययन गरिरहेको भिडियो बीबीसीमा देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV