१९ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १९ फागुन । पश्चिम ठमेल पर्यटन परिषद्ले विदेशबाट नेपाली आउँदा क्वारेन्टिनमा बस्नुपर्ने नियम अनिवार्य भए हुबहु लागू गर्न र नभए खारेज गर्नुपर्ने भन्दै सरकारसमक्ष  माग गरेको छ ।

विशेषगरी अहिले सरकारद्वारा बेलायतबाट फर्कनेहरुले ७२ घन्टाभन्दा पछिको पिसिआर रिपोर्ट बुझाएको अवस्थामा कम्तिमा ४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको र फर्कनअघि नै होटल व्यवसायीहरुसँग क्वारेन्टिनमा बस्ने पूर्वअनुमति पाएकाहरुलाई भित्रभित्रै मिलेमतोमा घर पठाइएपछि विरोधसँगै दुईमध्ये एक लागू गर्न परिषद्ले माग गरेको हो ।

परिषद्का अध्यक्ष सन्तोष पाण्डेका अनुसार हाल बेलायतबाट फर्कनेहरुले अनिवार्य रुपमा पिसिआर रिपोर्ट नल्याएको तथा ७२ घन्टापछिको पिसिआर रिपोर्ट बुझाएमा कम्तिमा पनि ४ दिन क्वारेन्टिमा बस्नुपर्छ । तर, अहिले सरकारले बनाएको नियम आफैँले उल्लंघन गरेर व्यवसायीलाई मारमा पारेको पनि उनले बताए । उनले भने, ‘बेलायतबाट नेपालीहरु नेपाल आउनुअघि क्वारेन्टिनमा बस्ने होटलको अनुमति त्यहाँको सरकारले अनिवार्य गरेको छ । होटलको पूर्वस्विकृतिविना आउन सरकारले दिँदैन । त्यहीँ नियमबमोजिम नेपालीहरुले क्वारेन्टिनमा बस्ने नेपालको होटलको स्विकृति लिन्छन् र त्यहीँबमोजिम त्यहाँको सरकारसँग फर्कन अनुमति लिन्छन् । त्यसपछि उनीहरु फर्कन्छन् । तर, नेपाल आए पछि विमानस्थलबाटै मिलेमतोमा गायब हुन्छन् ।’

परिषद्का अध्यक्ष सन्तोष पाण्डे

खासगरी बेलायतमा दोस्रो चरणको कोरोनाको नयाँ स्वरुप देखिए पछि फर्कंदा सरकारले क्वारेन्टिनसम्बन्धी विविध नियम बनाएको छ । जसअन्तर्गत ७२ घन्टे पिसिआर रिपोर्ट बुझाएको अवस्थामा क्वारेन्टिन बस्न नपर्ने तर, ७२ घन्टा अवधि सकिएको रिपोर्ट बुझाइएमा एक हप्ता क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ । तर, उता बेलायत सरकारले भने उताबाट नेपाल आउँदा अनिवार्य रुपमा क्वारेन्टिनमा बस्ने होटेलको स्विकृति लिए पछि मात्र आउन दिएको छ ।

फर्कनेहरुको ‘फेक’ बुकिङले व्यवसायी मारमा
क्वारेन्टिनमा बस्नका लागि होटलको स्विकृत लिएर फर्कनेहरु होटलमा नगई ‘फेक बुकिङ’ गरेर सीधै घर गइरहेका छन् । फर्कनुपूर्व नेपालीले होटलसँग बस्ने दिन, खाना, खाजालगायतमा सम्झौता गरिएको हुन्छ तर, उनीहरु होटलमा नआई सीधै मिलेमतोका आधारमा घर गइरहेका छन् ।

यता, होटल व्यवसायीहरु नेपालीहरुले बुकिङको गरेको मितिका लागि क्वारेन्टिनको समग्र तयारी गरेर बस्ने तर, उनीहरुलाई अध्यागमन विभागले ‘क्वारेन्टिनमा बस्नुपर्दैन’ भनेर मिलेमतोमा घर पठाइदिने गरेको परिषद्को आरोप छ ।

बेलायतबाट नेपालीहरु विमानस्थलमा ओर्लिनासाथ उनीहरुको पिसिआर रिपोर्टलगायत सबै चेकजाँच हुन्छ । जहाँ सरकारका सम्बन्धित निकाय (सेना, अध्यागमन विभागलगायत) को उपस्थित हुन्छ । र, बेलायतबाट आउनुअघि गरिएको सम्झौता पत्रअनुसार उनीहरु क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ तर, ‘क्वारेन्टिनमा बस्न पर्दैन’ भनेर मिलेमतोका आधारमा अध्यागमन विभागले घर पठाइने गरेको प्रमाण हेर्दा देखिएको छ ।

यसरी अग्रिम क्वारेन्टिनमा बस्नका लागि भएको बुकिङकै मितिअनुसार होटल व्यवसायीहरु तयारी भएर बसेको तर, होटल क्वारेन्टिनका लागि भनेर अग्रिम बुकिङ गरेकाहरु विमानस्थलबाट ओर्लिएसँगै घर गएको र व्यवसायी फेक बुकिङको फन्दामा परेको प्रमाण हेर्दा देखिन्छ ।

उदाहरण हेरौँः
२५ फेब्रुअरीदेखि १ मार्च सम्मका लागि प्राप्ति शर्माले होटल क्वारेन्टिनमा बस्नका लागि बेलायतबाट बुकिङ गरेकी छन् । जबकि बेलायतको सरकारले होटल क्वारेन्टिनको स्विकृति नलिएको अवस्थामा आउन दिँदैन । यहीँ नियमबमोजिम उनी २५ फेब्रुअरीमा फर्किए पनि बुकिङ गरिएको होटलमा नगई सीधै घर गएको देखिन्छ ।

यस्तै, २ मार्चदेखि ११ मार्च सम्म भनि होटल क्वारेन्टिनका लागि कुमार थापाले आउनूपुर्व नै बुकिङ गरेकी छन् । उनी पनि शर्माजस्तै सीधै घर गएको देखिन्छ । रजनी सिम्खडा र अम्बिका क्षेत्रीले २ मार्चमै ११ मार्चसम्मका लागि होटल क्वारेन्टिनका लागि बुकिङ गरेका छन् तर, उनीहरु पूर्वसम्झौताअनुसार बुकिङ गरिएको होटलमा नगई सीधै घर गएको देखिन्छ ।

यो काम विभागले हेर्ने होइन: महानिर्देशक के.सी.
यस विषयमा न्युज २४ नेपालले अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीसँग कुराकानी गर्दा उनले बाहिरबाट आउनेहरुको सन्दर्भमा सिसिएमसी र स्थानीय प्रशासनले सबै कुरा हेर्ने बताए । विभागले सरकारले लागू गरेको प्रोटोकल लागू भएको छ कि छैन भनेर मात्र हेर्ने उनले बताए ।

उनले भने, ‘यससम्बन्धि सबै कुरा सिसिएमसी र स्थानीय प्रशासनले प्रोटोकल लागू भएको छ कि छैन भनेर मात्र हेर्ने हो । यदि नियमबमोजिम भएको अवस्थामा उनीहरु नै सजायको भागिदार हुन्छन् ।’ उनका अनुसार यदि त्यो बमोजिम काम गरिएको अवस्थामा कानुनबमोजिम सिसिएमसी र स्थानीय तहले नै कारबाही गर्दछन् ।

बेलायतबाट फर्कने नेपालीको हकमा भने फर्कनअगाबै अनिवार्य रुपमा होटल क्वारेन्टिन र अन्यले होम क्वारेन्टिनको बुकिङ गर्नुपर्ने महानिर्देशक के.सी. बताउछन् । विमानस्थलमा उत्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनीहरुलाई क्वारेन्टिनमा बस्लाई लिस्ट दिने पनि उनले बताए ।

त्यसो हो भने बेलायतबाट फर्किएका नेपालीहरुलाई सरकारी निकायहरुकै मिलेमतोमा घर पठाइएको हो भन्ने प्रश्न यस विषयमा बेलायताट फर्किनेहरुले अनिवार्य ५ दिन होटलमा क्वारेन्टिमा बस्नुपर्ने भएको र यदि नियमबमोजिम नबस्नेहरुको सन्दर्भमा सिसिएमसी र जिल्ला प्रशासनले नै जिम्मा लिनुपर्ने महानिर्देश के.सी.को भनाई छ । उनका अनुसार बेलायतबाट फर्कनेहरुले अनिवार्य ५ दिन क्वारेन्टिनमा बस्नुपर्ने र त्यसपछि कोरोना नेगेटिभ देखिएको अवस्थामा मात्र घर जान पाउदछन् ।

२ घन्टापछिको रिपोर्ट बुझाएमा ७ दिन अनिवार्य क्वारेन्टिनमा: प्रवक्ता डा. गौतम

विदेशबाट विमानबाट फर्कनेहरुले ७२ घन्टाअघिको पिसिआर रिपोर्ट बुझाएकाहरुले क्वारेन्टिन बस्न पर्दैन तर ७२ घन्टापछिको रिपोर्ट बुझाएमा ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउछन् । उनी भन्छन्, ‘विमान चढ्दै गर्दा ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट बुझाएमा क्वारेन्टिमा बस्न पर्दैन तर, विमान उड्दै गर्दा ७२ घन्टापछिको पिसिआर रिपोर्ट बुझाइएको खन्डमा ७ दिन क्वारेन्टिनमा बस्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV