१८ फाल्गुन २०७७, मंगलवार
  • निमेन्द्र शाही,

बाजुरा, १८ फागुन । बाजुराको पूर्वोत्तर क्षेत्रका चार वटा स्थानीयतह छिचोल्दै जाने कर्णाली नदिको उपयोग अहिलेसम्म भएको थिएन । पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधि आएपछि स्वामी कार्तिक खापर गाउँपालिकाले नदिमा र्‍याफ्टिङ सञ्चालन भएको छ ।

गाउँपालिकाले पर्यटन मन्त्रालयबाट अनुमति लिएर अहिले राराबाट झर्ने र खप्तड जाने पर्यटकको लागि सुरु गरेको यो जल यात्रामा रमाउनका लागि हुम्ला, मुगु, कालिकोट र बाजुराका स्थानीयहरु र्‍याफ्टिङ गरेर रमाउने गरेका छन् ।

File Photo

यसबाट मासिक चालिसदेखि ६० हजारसम्म नगद आम्दानी हुने गरेको छ । यसले पर्यटकहरुलाई रमाउने ठाउँ बनाएको छ भने अर्कोतिर स्थानीयहरुले रोजगारीको अवसर समेत पाएका छन् ।

गाउँपालिकाको आफ्नो आन्तरिक आय श्रोतसमेत बढेको छ । हुम्लाको सिमाना कवाडीबाट कालिकोटसम्म जल यात्रा गर्दै स्थानीयहरु रमाउने गरेका छन् । अहिले गाउँपालिकाले तीन वटा र्‍याफ्टिङ बोर्ड सञ्चालनमा ल्याएको छ ।

सिजनमा यहाँ भ्याइ–नभ्याइ भइरहेको छ । रारा जाने र आउने पर्यटकका लागि यहाँ रमाउने अर्को गन्तब्य बनेको छ । नेपालमा सञ्चालन भएका अन्य र्‍याफ्टिङ भन्दा सजिलो र कम जोखिम भएका कारण यहाँ आउने पर्यटक बढी रमाउने गरेका छन् ।

अहिले यहाँबाट रारा र हुम्लाबाट मान सरोवर जाने आउने गर्न थालेका छन् । स्थानीय तहले यसरी आफ्ना स्रोत साधनको प्रयोग गरेमा स्थानीय आयआर्जन हुने र अर्को तिर रोजगारीका लागि पनि ठूलो अवसर सिर्जना हुने सम्भावना देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV