१८ फाल्गुन २०७७, मंगलवार

काठमाडौं, १८ फागुन । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई उपचार पूरा भएपछि नेपाल फर्किनुभएको छ ।उहाँ आज मंगलबार भारतको राजधानी दिल्लीबाट काठमाडौं फर्किनुभएको हो । न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुग्नुभएको भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराउनु भएको थियो ।

भट्टराई यही फागुन ९ गते नयाँ दिल्ली जानुभएको थियो । बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । उहाँलाई चाँडै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन् ।

चाँडै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV