१८ फाल्गुन २०७७, मंगलवार

काठमाडौं, १८ फागुन । प्रचण्ड-माधव समुहको (नेकपा)नेता योगेश भट्टराईले ताप्लेजुङका आगलागी पीडितलाई राहत र पुनर्स्थापानमा सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

आगलागीबाट ठूलो मात्रामा भौतिक क्षति भएको भन्दै नेता भट्टराईले गहिरो दुख पनि व्यक्त गर्नुभएको छ । उहाँले मंगलबार एक बिज्ञप्ति जारी गर्दै आवास विहिन भएका स्थानीयहरुलाई तत्काल राहत उपलब्ध गराउन र दिर्घकालीन रुपमा पुनर्स्थापनाका लागि भूकम्प पीडित सरह सहयोग उपलब्ध गराउन सरकारसँग पनि माग गर्नुभएको छ ।

स्थानीय प्रशासनलाई उदृत गर्दै उहाँले आगलागीबाट ४७ वटा घर जलेर भएको बताउनु भएको छ । त्यस्तै ७९ परिवार विस्थापित भएको बताउनु भएको छ । अधिकाँश घरमा पसल रहेकाले पसलका सम्पूर्ण मालसमानहरु जलेर नष्ट हुँदा ठूलो मात्रामा धनको क्षति भएको उहाँको भनाइ छ ।

नेता भट्टराईले आगो नियन्त्रणका लागि स्थानीय, जनप्रतिनिधिसुरक्षाकर्मीहरुलाई धन्यवाद समेत दिनुभएको छ । नेता भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सांसद हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV