१८ फाल्गुन २०७७, मंगलवार

काठमाडौं, १८ फागुन । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ ।आज नेप्से ५९ दशमलव ७ अङ्कले घटेर २ हजार ४ सय ५५ दशमलव ४४ अङ्कमा झरेको हो । आज सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ५१९ दशमलव ६७ अङ्कले घटेको छ । यस्तै व्यापार समूहको सूचक २७८ दशमलव ४९ अङ्कले घटेको छ ।

आज ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार रुपैयाँभन्दा धेरैका एक करोड ३१ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएको छ । यस्तै चन्द्रागिरि हिल्स लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत र हिमालयन पावर पार्टनर लिमिटेडका शेयर लगानीकर्ताले झण्डै नौ प्रतिशत कमाएका छन् ।

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका शेयर लगानीकर्ताले भने ७ दशमलव ३१ प्रतिशतले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV