१८ फाल्गुन २०७७, मंगलवार
  • तारा आचार्य,

विराटनगर, १८ फागुन । स्वास्थ्य कार्यालय मोरङले पत्रकार सम्मेलनको आयोजना गरी फागुन २३ गतेदेखि मोरङमा शुरु गरिने कोरोना खोप कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा कोरोना भ्याक्सिनको उपलब्धता, प्रत्येक पालिकामा खोप समन्वय समितिको गठन, खोप भ्याक्सिनेटरहरुलाई तालिमलगायत बारे जानकारी दिइएको थियो ।

सो कार्यक्रममा जनस्वास्थ्य प्रमुख डा. सुरेश मेहताले अहिलेसम्म कोरोना भ्याक्सिन लगाएर कसैलाई साइट इफेक्ट नभएकाले खोप सुरक्षित रहेको र तेश्रो चरणमा लक्ष्य अनुसार नै खोप लगाइने जानकारी दिए ।

माघ १४ गतेदेखि शुरु भएको कोरोना खोप कार्यक्रम अन्तर्गत दुई चरणमा मोरङमा ११ हजार १ सय ९३ जनालाई खोप लगाइएको छ । अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाई कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, कैदीबन्दीहरुलाई खोप लगाइएको थियो ।

अब तेश्रो चरण अन्तर्गत ५५ वर्षमाथिका १ लाख ३५ हजार ४ सय ९३ जनालाई कोरोना खोप लगाउने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV