१८ फाल्गुन २०७७, मंगलवार

एजेन्सी, १८ फागुन । स्पेनिस् ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल म्याड्रिड रियल सोसिडाडसँग १–१ को बराबरीमा रोकिएको हो ।

सब्सिच्युट ब्राजिली युवा विङ्गर भिनिसियस जुनियरले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरेपछि रियल म्याड्रिड जोगियो । सोसिडाडका क्रिस्टियन पोर्टुले गोल गरेका थिए ।

खेलको ५५औं मिनेटमा क्रिस्टियन पोर्टुले गोल गर्दै सोसिडाडलाई १–० को अग्रता दिलाए ।

८९औं मिनेटमा सब्सिच्यट भिनिसियसले गोल गर्दै रियललाई खेलमा १–१ गोलको बराबरीमा ल्याए । उनी ६१औं मिनेटमा इस्कोको स्थानमा मैदान छिरेका थिए ।

यो बराबरीपछि रियलले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको क्याटलान क्लब बार्सिलोनासँग समान ५३ अंक रहेपनि रियल गोल अन्तरमा पछि छ ।

रियल र बार्सिलोना एक खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग ५ अंकले पछि छ । रियल सोसिडाड २५ खेलबाट ४२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV