१७ फाल्गुन २०७७, सोमबार
  • बाशु श्रेष्ठ

धादिङ, १७ फागुन । धादिङ्ग जिल्ला त्रीपुरा सुन्दरी गाउपालिका वडा नं १ टारीबेशी आरुघाट सडक खण्ड अन्तर्गत बाटो बनाउने क्रममा लोडरको ठक्कर पछि महिलालाई खाडलमा पुरेर चालकले ज्यान लिएका छन् । ।

धादिङ्ग जिल्ला त्रीपुरासुन्दरी गाउपालिका वडा नं १ छापगाउँ बस्ने बर्ष ४५ का सरस्वती कुमाल घाँस लिएर फर्कने बेलामा टारीबेशी आरुघाट सडक खण्ड अन्तर्गत बाटो खन्ने क्रममा लोडरले ठक्कर दिएको थियो ।

ठक्कर पछि घाइते महिला कुमाललाई खाडल खनेर पुर्ने क्रममा एक स्थाननीयले देखेपछि चालक भागेका थिए । भागेर फरार चालकको खोजी कार्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रहरी निरीक्षक महेन्द्र खड्काले बताए ।

सो घटनालाई लिएर स्थानीयले लोडर आगजनी गर्नुका साथै त्रीपुरासुन्दरी गाउपालिकामा रहेको प्रहरी चौकी समेत घेराउ गरेका छन् । घाइते महिलाको उपचार गर्नुको साटो खाडल खनी पुर्ने दोशी चालकलाई पक्राउ गरि कार्बाहिको माग गर्दै स्थानीय आन्दोलित भएका हुन ।

लोडर धनी स्थानीय गोबिन्द सिटौला र बिदुर अधिकारेको रहेको र ठेक्कामा युनियन बंजाडेले लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV