१७ फाल्गुन २०७७, सोमबार

काठमाडौँ, १७ फागुन । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनदेखि पुनःस्थापनासम्मको बहसका क्रममा नेपाली पत्रकारिता जगतले भएको अग्रमोर्चामा खडा भएको भन्दै प्रशंसा गर्नुभएकाे छ ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवसका अवसरमा आयोजित पत्रकारिता पुरस्कार वितरण एवं सम्मान समारोहमा बोल्दै उहाँले प्रतिनिधि सभा विघटनदेखि पुनःस्थापनासम्मको अवधिमा नेपालको पत्रकारिता जगत अग्रमोर्चामा खडा भइ सरकार विरुद्धको प्रधानमन्त्री ओलीको कू कर्मको विरुद्ध सम्पूण मिडिया एक भएको भन्दै प्रशंसा गर्नुभयो ।

साथै उहाँले नेपालको संविधान दुनियाँकै मौलिक संविधान भएको र नेपालको संविधानले लोकतन्त्रका सबै आयामलाई समेटेको बताउदै उहाँले मौलिक नेपालीपन झल्किएको संविधान दाबी रहेकाे छ । उहाँले हाम्रो परम्परागत संसदीय व्यवस्था पनि होइन, मौलिक नेपालीपन झल्किएको संविधान रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV