१७ फाल्गुन २०७७, सोमबार
  • विश्वराज तामाङ

उदयपुर, १७ फागुन । प्रहरीको टोलीले उदयपुरको विभिन्न स्थानबाट अवैध काठ तथा सुर्तीजन्य वस्तु नियन्त्रणमा लिएको छ । आईतबार साँझ उदयपुरको बेलका नगरपालिका–९ बाट अवैध काठ तथा सुर्तीजन्य वस्तु अवैध रुपमा चोरी निकासी गरिरहेको अवस्थामा तस्करलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको हो ।

नगरपालिकाको जरायो खोलास्थित मदन भण्डारी राजमार्गमा पश्चिमबाट पूर्वतर्फ स.१ त. ७९१६ नं.को ट्याक्टरमा लोड गरी तस्करले लग्दै गरेको अबस्थामा काठ र सुर्तीजन्य वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अवैध काठ तस्करीमा संलग्न सुनसरी बराहा क्षेत्र न.पा.२ बयरवन बस्ने बर्ष ३६ की धनु राई, ट्याक्टर चालक कृष्ण बहादुर शाही ठकुरलाई पक्राउ गरेको छ । बयरवन बस्ने राईलाई १ लाख बराबरको सामानसहित पक्राउ गरिउको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका काठ, ट्याक्टर र व्यक्तिलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय उदयपुर रामपुर ठोक्सिलामा बुझाउन लागिएको प्रहरीले जनाएको छ ।

यता, त्रियुगा न.पा. ६ लालपत्तामा काठमाडौंबाट गाईघाटतर्फ आउदै गरेको बा. ४ ख ८६४३ नम्बरको बसलाई प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेक जाँचका क्रममा अवैध रुपमा ल्याएको ६ बोरा कविर सुर्ती नियन्त्रण लिएको छ । पक्राउ गरिएसँगै कारबाहीका लागि कर दाता सेवा कार्यालय गाईघाटमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV