१७ फाल्गुन २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, १७ फागुन । श्रीमतिसंगको विवादमा सेनिटाइजरको सेवन गर्दा मोरङमा एक जनाको मृत्यु भएको छ ।

मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डले श्रीमितसंग सामान्य विवाद हुँदा सेनिटाइजर सेवन गरेका थिए ।
शनिबार श्रीमतीसँग विवाद हुँदा किटाणु नष्ट गर्नका लागि हातमा लगाइने सेनिटाइजर सेवन गरेपछि मण्डल बिरामी परेका थिए । उनलाई शनिबार दिउँसो कोसी अस्पताल भर्ना गरिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काकाले जानकारी दिनुभयो । सेनिटाइजरमा पनि विषादी हुने भएकाले अस्पतालले मृत्युको कारण विषादी भएको जनाएको प्रहरी उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV