१७ फाल्गुन २०७७, सोमबार

बाजुरा, १७ फागुन । जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टीमा आइतबार बस पुगेको छ । कोल्टी क्षेत्रमा स्थानीयलाई सहजरुपमा यातायातको पहुँचमा पु¥याउन र सुविधाका लागि पहिलो पटक आइतबार मिनी बस सञ्चालनमा ल्याइएको स्थानीयवासी लालबहादुर रोकायाले बताउनुभयो ।

मार्तडी हुँदै कोल्टीमा पहिलोपटक बस पुगेको हो । कोल्टीमा पहिलोपटक बस पुगेपछि त्यहाँका स्थानीयवासी खुशी भएका छन् । कोल्टीमा बस पुगेसँगै नियमितरुपमा कोल्टी हँुदै हुम्लासम्म नियमित यातायात सञ्चालनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV