१७ फाल्गुन २०७७, सोमबार

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले यही फागुन १९ गते केन्द्रीय कमिटीको बैठक डाकेको छ ।

सोमबार बसेको सचिवालय बैठकले बुधबार दिउसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ।

बैठकले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णयमा समेत छलफल भएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरी ओलीले खोटाङबाट निर्वाचित विशाल भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरेका थिए ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटनको असंवैधानिक कदम चोलेपछि नेकपा पार्टी अनौपचारिक रुपमा विभाजित छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV