१७ फाल्गुन २०७७, सोमबार

काठमाडौँ, १७ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएकाे तस्वीर सार्वजनिक गरेका छन् । उनले आज बिहान नयाँदिल्लीस्थित एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएकाे बताएका हुन् ।

भ्याक्सिन लगाएकाे तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘काेराेनाविरूद्धकाे खाेपकाे पहिलाे डाेज लिइयाे । कसरी हाम्रा चिकित्सकहरूले काेराेना विरूद्धकाे विश्वव्यापी लडाइँलाइ मद्दत गर्न द्रूत गतिमा काम गरिरहेछन् भन्ने कुरा उल्लेखनीय छ । खाेप लगाउन याेग्य सबैलाइ अपिल गर्दछु- आउनुहोस्, हामी मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त बनाऔं । ’

प्रधानमन्त्री  मोदीले भारतमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएकाे भारतीय समाचार एजेन्सीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV