१६ फाल्गुन २०७७, आईतवार
  • दान बहादुर बुढा,

मुगु, १६ फागुन । हिमाली जिल्ला मुगुमा रहेको एक विद्यालयमा हावाहुरीले छाना उडाएपछि पठनपाठनमा समस्या आएको छ । हावाले स्कुलको छानो उडाएपछि खुला आकासमुनी पठनपाठन गर्न विद्यार्थीहरु बाध्य बनेका छन् ।

जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ लिउडी गाउँमा रहेको श्री मष्टाको आधारभुत विद्यालयमा बुधबार दिनको एक बजे चलेका हावाहुरीले विद्यालयको पठनपाठन गर्ने २ कोठे भवनको छाना उडाउदा पठनपाठनमा समस्या आएको विद्यालयले जनाएको छ ।

हावाहुरीले विद्यालयको छाना उडाउनुका साथै पर्खाल पनि भत्काएको छ, भने लाखौं मूल्य बराबरको क्षती भएको श्री मष्टाकोट आधारभूत बिद्यालय लिउडीका प्रधानध्यायापक तुल बहादुर कार्कीले बताए ।

उनका अनुसार यस विद्यालयमा रहेका २२ जना विद्यार्थीहरुलाई पठनपाठन गर्न समस्या आएको र वायुप्रदुषणले गर्दा पनि विद्यार्थी, शिक्षकलगायतलाई थप सास्ती भएको प्रधानाध्यापक बुढाको भनाइ छ ।

हावाले छाना उडाउदा कुनै पनि मानवीय क्षती भने नभएको जानकारी गराइएको छ । प्रधानाध्यापक बुढाले भने, ‘विद्यालयको भवन हुदा हावाहुरी, हिउँ, पानी, गर्मीको समयमा भवनभित्र सुरक्षित साथ बसेर पठनपाठन गर्ने गरेका थियौं ।

तर, बुधवार एक्कासि आएको हुरीले विद्यालयको छानोनै उडाएपछि विद्यार्थीहरुलाई पठनपाठनमा निकै समस्या भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV