१६ फाल्गुन २०७७, आईतवार

एजेन्सी, १६ फागुन । विश्वका विभिन्न देशहरुले कोरोनाविरुद्धको खोप विकास गर्नेक्रम अझै जारी नै छ । यस्तै अमेरिकी नियामक निकायले जोन्सन एन्ड जोन्सनको एक मात्रा लगाए प्रभावकारी हुने खोपलाई अनुमति दिएको छ।बीबीसीका अनुसार फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले स्वीकृत गरेको सो खोप फाइजर र मोडेर्नाको खोपभन्दा सस्तो एवम् सामान्य चिसो तापक्रममा राख्न सकिने खालको छ। परीक्षणमा यो खोपले गम्भीर बिरामी हुनबाट बचाउने र समग्रमा ६६ प्रतिशत प्रभावकारी भएको देखिएको बताइएको छ। ।

सो कम्पनीले अमेरिकालाई जून महिनाको अन्त्यसम्ममा एक अर्ब मात्रा उपलब्ध गराउने वाचा गरेको छ। अमेरिकी नागरिकका लागि पहिलो मात्रा खोप अगामी साता उपलब्ध हुने बताइएको छ।

यूके, ईयू र क्यानडाले खोप मगाइसकेका छन् भने कोभ्याक्सले गरिब राष्ट्रहरूका लागि पाँच अर्ब मात्रा मगाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले स्वीकृतिलाई सबै अमेरिकीको लागि खुशीको खबर भन्दै कोभिडविरुद्धको सङ्घर्ष नसकिएको बताए।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV