१६ फाल्गुन २०७७, आईतवार

काठमाडौँ, १६ फागुन । बृहत् नागरिक आन्दोलनले काठमाडौँमा अतिक्रमण भइरहेका पुरातात्विक सम्पदा जोगाउन दबावस्वरुप काठमाडौं महानगरको कार्यालय घेराउ गरेको छ ।

उनीहरूले ऐतिहासिक कमलपोखरीमा कंक्रिट प्रयोग गरेको भन्दै लगातार विरोध गर्दै आएका छन् । साथै सम्पदा अभिलेखहरुमा मातृभाषा प्रयोग गर्न पाउनुपर्नेलगायत माग गरेका छन् । यसका साथै बालाजु बाइपास क्षेत्रमा विकासका नाउँमा भएको अतिक्रमण र स्थानीयहरुको उठिबास लगाएको भन्दै विरोध गरेका छन ।

‘नागरिकलाई सडकछाप बनाउने कस्तो नीति, कस्तो सरकार ?’, ‘सम्पदा मास्ने भूत भगाऔं, कमल पोखरी जोगाऔं’, हाम्राे स्वबासी घरजग्गा, हाम्राे अधिकार’ लगायत नारा अंकित प्लेकार्ड र ब्यानर बोकेका थिए । साथै धुपाैराे समेत लिएर ‘भूत’ भगाउने विधि दर्शाएका थिए ।

तस्वीर : महेश्वर के.सी./न्यूज २४

प्रतिक्रिया दिनुहोस्

LIVE TV