१६ फाल्गुन २०७७, आईतवार

एजेन्सी, १६ फागुन । स्पेनिस् लागि लिगामा बर्सिलोनाले सेभिल्लामाथि सहज जित निकोलेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई उसकै घेरेलु मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सी र ओसमान डेम्बेले एक÷एक गोल गरे ।

खेल शुरु भएको २९ औँ मिनेटमा कप्तान मेस्सको पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

कप्तान मेस्सीले ८५ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बार्सिलोनाले जित्यो ।

जितसँगै बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक अन्तरलाई २ मा घटाएको छ । बार्सिलोनाले २५ खेलबाछ ५२ अंको जोडेको छ भने २३ खेल खेलेको एट्लिटिकोको ५५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV