१५ फाल्गुन २०७७, शनिबार
  • तारा आचार्य

विराटनगर, १५ फागुन ।  विराटनगर महानगरपालिकाले महानगर क्षेत्रका लागि मदिरा विक्री वितरण तथा नियमन कार्यविधि २०७६ ल्याएको छ । अव्यवस्थित मदिरा विक्री वितरण र सेवनका कारण समाजमा विकृति साथै अपराध बढ्दै गएको भन्दै महानगरले कार्यविधि २०७६ ल्याएको हो ।

सो कार्यविधिमा जति बेला र जहाँ पनि मदिराको विक्री र सेवन गर्न नपाइने उल्लेख छ । महानगरपालिकाले ल्याएको मदिरा सम्बन्धी कार्यविधि बारे सेवनकर्ता र विक्रीकर्तालाई जानकारी दिन विराटनगरमा सचेतना अभियान शुरु गरिएको छ ।

जथाभावी मदिरा सेवन र विक्री वितरण रोक्न अभियाननै संचालन गरिएको छ भने यसबाट शान्ति सुरक्षा कायम गर्न र मदिरा सेवनबाट हुने दुर्घटना नियन्त्रण गर्न सहयोग पुग्दै आएको छ । विराटनगरका मदिर विक्री गर्ने पसलहरुमा सुचना टाँस गर्दै सचेतना गराइएको छ ।

वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दीपक कार्कीले शुरुमा कार्यविधि बारे सचेतना जगाउने र त्यसपछि कारवाहीको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । दीपक कार्की, डिएसपी, वडा प्रहरी कार्यालय विराटनगर ।

विराटनगर महानगरपालिका, मोरङ प्रहरी र मदिरा व्यवस्थापन अभियानले संयुक्त रुपमा विराटनगरका टोल टोलमा आयोजना गरेको सचेतना कार्यक्रमबाट उपभोक्ता र मदिरा विक्रीकर्ताहरुले पर्याप्त जानकारी पाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV