१५ फाल्गुन २०७७, शनिबार
  • तारा आचार्य,

विराटनगर, १५ फागुन । रैथाने एकता परिषद्ले अख्तियार दरुपयोग अनुसन्धान आयोगसँग तत्कालीन माओवादी लडाकुको नाममा भएको व्यापक अनियमितता (क्यान्टोनमेन्ट) र ललिता निवास जग्गा प्रकरण काण्डमा छानविन सार्वजनिक गर्न माग गरेको छ ।

बिराटनगरमा शनिबार रैथाने एकता परिषद् प्रदेश नं. १ कमिटीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा परिषद्का संयोजक सन्तोष बराइलीले उक्त माग गरेका हुन् ।

संयोजक बराइलीले रैथाने समुदायका प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त नियुक्त गरिएकोमा सरकारको प्रशंसा गर्दै प्रमुख आयुक्त राईले क्यान्टोनमेन्ट तथा ललिता निवास जग्गा प्रकरणको छानवीन अघि बढाउनेमा देशका समग्र रैथाने समुदाय आशावादी भएको बताए ।

उनले भने, ‘अख्तियार प्रमुख आयुक्त राईले क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण लगायत ठूला अनियमितता छानविन गरेर प्रमुख आयुक्त राईले देशका समग्र रैथाने समुदायको स्वाभिमान उचो बनाउनेमा हामी आशावादी छौँ ।’

कार्यक्रममा रैथाने युवालाई राजनीतिक रुपमा सचेत रहन आग्रह गरिएको थियो। रैथाने एकता परिषद् पाँच वर्षअघि सिरहाको लहानमा स्थापना गरिएको थियो ।

परिषद्ले रैथानेहरूको हक–अधिकारको लागि आवाज उठाउँदै आइरहेको छ । रैथाने एकता परिषद्का प्रदेश नं. १ का अध्यक्ष दिपेन्द्र सिंह दनुवार, महासचिव अमरेन्द्र सिंह दनुवार, आदिवासी जनजाति महासंघ मोरङका उपाध्यक्ष नरेश कुमार सिंह दनुवारलगायतले रैथाने समुदायको हकअधिकार बारे राज्य सबेंदनशील बन्नुपर्ने बताएका थिए ।

यस्तै कार्यक्रममा संघीयता खर्चिलो भएको हुनाले खारेज गर्न पनि सरकारसमक्ष माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV