१५ फाल्गुन २०७७, शनिबार

काठमाडौं, १५ फागुन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको संरक्षणमा राष्ट्रपति चुकेको आरोप लगाउनु भएको छ ।

स्वास्थ्य मिडिया नेटवर्कले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले राष्ट्रपतिले संविधानको संरक्षण गर्नु पर्नेमा सरकारको रबर स्ट्याम्प बनेर राष्ट्रपतिले संविधानको भावनालाई अपहेलना गरेको बताउनुभएको हो ।

नेता सिंहले प्रधानमन्त्री ओलीमा नैतिकता भए राजीनामा दिनुपर्ने धारणा पनि राख्नुभयो । आफैले बिघटन गरेको प्रतिनिधिसभामा जान प्रधानमन्त्रीलाई नैतिकताले नदिने उहाँको भनाइ छ ।

चारैतिर सेटिङको हल्ला चल्दा आफुलाई न्यायालय सहि निर्णय गर्छ भन्ने लागेको भन्दै न्यायालयको फैसलाले संविधान नै रक्षा गरेको पनि बताउनुभयो ।

कार्यक्रम स्वास्थ्य क्षेत्रमा योगदान पु-याएका चिकित्सकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV