१४ फाल्गुन २०७७, शुक्रबार
  • सुजन पुडासैनी

हेटौँडा, १४ फागुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राजनीतिक अस्थिरता अन्त्य नभए सम्म देशको विकासले गति नलिने बताउनुभएको छ ।

शुक्रबार हेटौंडाको मयुरधापमा निर्माण हुनलागेको औद्योगिक क्षेत्रको शिलान्यास गर्दै मन्त्री भट्टले देशको राजनीति अवस्था स्थिर नभए सम्म औद्योगिक क्षेत्र सहित अन्य क्षेत्रको विकासमा बाधा पुग्ने बताउनुभयो । पार्टी भित्रैबाट प्रतिपक्षको भूमिका खेल्ने व्यक्तिहरुको हाबी भएपछि केहि समस्या उत्पन्न भएको छ, उत्पन्न भएका समस्याको समना गर्दे सरकार अघि बढ्छ, उहाँले भन्नुभयो ।

हेटाैँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मयुधापमा निर्माण हुनलागेको ओद्योगिक क्षेत्रको क्षेत्रफल १३४.८६ हेक्टर रहेको छ । औद्योगिक क्षेत्रमा हेलिप्याड देखि शसस्त्र गण,पेट्रोल पप्प, विजुली स्टेशन, हेभि गाडी पार्किङ, वाटर ट्याङ्क, स्टाफ क्वाटर, ल्याव लगायत विभिन्न संरचनाहरु निर्माण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV