१४ फाल्गुन २०७७, शुक्रबार
  • तारा आचार्य,

विराटनगर, १४ फागुन । मोरङ प्रहरीले विराटनगर–१७ मटेरुवाबाट दुई लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट लुकाएर ल्याउँदै गरेको भारतीय रुपैयाँसहित भारतीय नागरिकलाई अस्थायी प्रहरी चौकी मटेरुवाले पक्राउ गरेको हो ।

प्रहरीले भारत अररिया थाना नरपथगंज पोष्ट तलासी–१० का सञ्जय सिंहलाई चेकजाँचको क्रममा भारतीय रुपैयाँ फेला पारेको थियो ।

उनलाई ५०० का ३८८ थान र २००० हजारका २६ थान नोट गरी २ लाख ४६ हजार रुपैयाँसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

सिंहलाई आवश्यक कारवाहीका लागि मूल भन्सार कार्यालय रानीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV