१४ फाल्गुन २०७७, शुक्रबार
  • प्रेम सुनार

गुल्मी, १४ फागुन । गुल्मीको गुल्मीदरवार गाउँपालिकाले ५ उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । गाउँपालिकामा शुक्रवार देखि सुरु भएको सातौं गाउँसभाको अवसरमा विभिन्न शाखामा काम गर्ने ५ जना कर्मचारीहरुलाई कार्य सम्पादन मुल्याङ्कनको आधारमा पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अधिकृत छैठौं तहका नारायण प्रसाद अर्याल, वडा नम्वर ४ विरवास स्वास्थ्यचौकी प्रमुख सिनियर अनमी , वडा नम्वर ३ गौडाकोटकी वडा सचिव पुर्णिमा घिमिरे , अधिकृत छैठौं टंकप्रसाद पन्थी , सुचना प्रविधि अधिकृत सुरेश खनाल र कम्युटर अपरेटर टुकबहादुर राना रहेका छन् । पुरस्कृत हुनेलाई गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा , उपाध्यक्ष मिना भण्डारी र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले सम्मान गरेका थिए ।

उत्कृष्ट कर्मचारी सम्मान गर्दै गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले कर्मचारीहरुलाई काम गर्न प्रोत्साहित गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV