१४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं, १४ फागुन । लोक दोहोरी क्षेत्रमा राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढीसम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्रोता तथा दर्शकले रेडियोमा कान थाप्नु पर्थ्यो कि युटुवमा खोज्न थाल्नुपर्थ्यो ।

उनका शुभचिन्तकको मनमा लागेथ्यो अब घमेश दुलालका नयां गीत आउने छैन । उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो रामेछाप, आमाको आशीर्वाद, अन्तिम चिट्ठी आदि दर्जनौं गीत हरुले स्रोता तथा दर्शकको मनमा अड्डा जमाएर बसिरहेका छन् ।

गुमनाम जस्तै भएका गायक घमेशको जीवनले कोल्टे फेरेको छ । पछिल्लो समयमा उनी हरेक दिन जसो नयाँ सृजनामा तल्लीन छन् । केही समय अगाडिदेखि चाडपर्व केन्द्रित लोक गीतहरु गर्दै आएका घमेश दुलाल लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वद्धनमा लागि परेका छन् ।

उनले काठमाडौंको मुटु अनामनगर घट्टेकुलो चोकमा एक्सन स्टुडियो नेपाल रेकर्डिङ स्टुडियो सञ्चालमा ल्याएका छन् । यसकै उपज हो ११ वर्षपछिको उनको पुनरागमनसहितको नयाँ लोक दोहोरी गीत “वनमा खयर” ।

“वनमा खयर“मा घमेशलाई युवा पुस्ताकी प्रतिभाशाली गायिका प्रविशा अधिकारीले साथ दिएकी छन् । चर्चित रचनाकार शिव हमालले यो गीतको शब्द रचना गरेका छन् । गीतमा संगीतकार तथा गायक प्रभावन जे को संगीत रहेको छ ।

घमेश र प्रभावन जे २ दशक अघि देखि रेडियो नेपालमा गीत गाउँदा समय देखिका दौंतरी समेत हुन् । गीतको संगीत संयोजन चर्चित एरेन्जर कमल सौरागले एरेन्जर गरेका हुन् ।

डीएआर मुभिजको अफिसियल च्यानलबाट दर्शक तथा स्रोता माझ आउन लागेको गीतको भिडियोमा निकै मिहेनत गरिएको डीएआर मुभिजका राजाराम गौतमले बताए । भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ, सत्यकला बम्जन र पुरु सिग्देलको अभिनय रहेको छ ।

वरिष्ठ नृत्य निर्देशक कमल राईले भिडियो निर्देशन गरेका छन् भने छायांकन हरिष मेहेरा, कलर तथा सम्पादन डिनशन शाहले गरेका छन् । सोलुखुम्बुको रमणीय स्थलमा भिडियो छायांकन गरिएको डीएआर मुभिजका विवेक चौलागाईले बताए ।

केही समय अगाडि “भुल” लोक दोहोरी गीत मार्फत घमेश दुलाल आउने चर्चा भएको थियो । भुलमा लोकप्रिय गायिका अन्जु पन्तले घमेशलाई साथ दिएकि छन् । उक्त गीतको सुटिङ गर्न उपयुक्त समयको पर्खाईमा रहेकाले वनमा खयर त्यो भन्दा अगाडि आएको एक्सन स्टुडियोका संचालक तथा गायक श्याम धितालले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV