१३ फाल्गुन २०७७, बिहीबार

काठमाडौं, १३ फागुन । गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको युगल गायनमा समावेश ‘मैना’ गीतकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा कालीप्रसादकै शब्द र संगीत छ । म्युजिक भिडियोमा कलाकार बिज्ञान र गरिमा शर्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ।

सुरेश पाण्डेको कोरियोग्राफी रहेको यस भिडियोलाई शंकल भुजेलको छायांकन गरेका हुन् । भिडियोमा कृष्ण भण्डारी र ग्लेज इन्टरटेनमेन्टको सम्पादन रहेको छ ।

रुपा लामा, माया लामा र विज्ञान निर्माता रहेको भिडियोमा वसन्त अधिकारीको निर्देशनमा तयार पारिएको हो । भिडियो एसथ्रीके इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV